एमाले सचिवालयको बैठक आज दिउँसो

फाल्गुन ३- काठमाडौं,  नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार बस्दै छ। बैठक आज दिउँसो तीन बजे बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

उनका अनुसार आज बस्ने बैठकले केन्द्रीय कमिटीको मिति तय गर्नेछ।

केन्द्रीय कमिटीको बैठकको मिति तय गर्न बुधबार पार्टी महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालयको बैठकसमेत बसेको थियो।

केन्द्रीय कार्यालयले सचिवालय बैठकको प्रस्तावसमेत तय गर्छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार फागुनको दोस्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी छ।

केन्द्रीय कमिटी बैठकले आन्दोलनको कार्ययोजनाबारे निर्णय लिने उनले बताए।एमालेले सुरूमा सातै प्रदेशमा विरोध सभा गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्