लेबनानको आक्रमणमा इजरायलका ७ जनाको मृत्यु

फाल्गुन ३-  इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तिब्र बनाउने क्रममा लेबनानमाथि हमला बढाएको छ । इजरायलले लेबनानमा गरेको पछिल्लो हमलामा कम्तिमा सात नागरिकको मृत्यु भएको छ ।

हिजबुल्लाहको रकेट फायरले इजरायलमा एक सैनिकको हत्या गरेपछि इजरायल हिजबुल्लाहप्रति आक्रामक बन्दै गएको हो । उत्तरी इजरायलमा भएको घातक रकेट आक्रमणको जवाफमा हिजबुल्लाहको पूर्वाधारमा आक्रमण गरेको इजरायलले जनाएको छ ।

गाजामा इजरायल र प्यालेस्टिनी समूह हमासबीच अक्टोबरमा युद्ध सुरु भएदेखि हिज्बुल्लाह लडाकुले पनि इजरायलको सिमा क्षेत्रमा इजरायली सेनामाथि आक्रमण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्