टीकापुरको एकतापुर बाट लागूऔषधसहित एक युवक पक्राउ

माघ २९- कैलाली,  कैलालीको टीकापुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका वडा नम्बर १ एकतापुर स्थित गणतन्त्रण चोक नजिकबाट २७० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउ बस्ने २२ वर्षीय युवक भिसमबहादुर शाही आईतवार साँझ पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्