भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो र चप्पलको माला

माघ २९- डडेल्धुरा,   डडेल्धुरामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो दल्नुका साथै चप्पलको माला लगाइएको छ।

आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतवार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई सिँचाइ योजनामा भ्रष्टचार गरेको भन्दै मोसो दलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्