जेसीबीको ठक्करबाट वृद्धको मृत्यु

माघ २८- बुटवल,  प्युठानको माण्डवी गाउँपालिकामा जेसीबीले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

रा १ क ७७३ नम्बरको गाउँपालिकाकै जेसीबीले ठक्कर दिँदा स्थानीय ६४ वर्षीय ठगबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले बताए।

सडकमा सुतेका वृद्धलाई गाउँपालिकाको वडा नम्बर १ स्थित पिपलडाँडादेखि गणेशमावी जोड्ने सडक सफा गर्ने क्रममा जेसीबीले ठक्कर दिएको खनालले बताए।

प्रतिक्रिया दिनुहोस्