भरूवा बन्दुकसहित एक जना पक्राउ

माघ २८- रामेछाप, उमाकुण्ड गाउँपालिका-२ बुक्तेल बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ६० वर्षीय सप्बा तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी बाम्तीबाट खटिएको प्रहरीले तामाङको गोठभित्र लुकाई राखेको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको  हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्