माघ २८- विराटनगर, भारतीय सीमा क्षेत्र सुनसरीको देवानगंजबाट २९ केजी गाँजा बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बलको साहेबगञ्ज बोर्डर आउट पोष्टको टोलीले भारततर्फ लैजाँदै गरेको तयारी अवस्थाको गाँजा बरामद गरेको हो ।
उक्त गाँजा आवश्यक अनुसन्धानका लागि इप्रका साहेबगंगजमा बुझाइएको सप्रबल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका गणपति सप्रउ लकेशकुमार तुम्वाहाङ्गफेले बताए ।
प्रतिक्रिया दिनुहोस्