माघ २८- काठमाडौं, प्रहरीले गौशालाको विजयचोकस्थित एक गेस्ट हाउसमा मृत भेटिएकी महिलाको हत्या भएको आशंका गरेको छ । शनिबार सिरहा–धनुषा गेस्ट हाउसमा ३५–४० वर्षकी देखिने एक महिलाको शव फेला परेको थियो ।
तर, ती महिलाको हत्या भएको हुन सक्ने प्रहरीको अनुसन्धानले देखाएको छ । मृत भेटिएकी महिला बस्ने कोठा सन्दीप लामाको नाममा बुक भएको खुलेपछि महिलाको हत्या भएको आशंका प्रहरीले गरेको हो । लामा हाल फरार छन् ।
प्रहरीका अनुसार शुक्रबारदेखि महिला र सन्दीप कोठामा बसेको खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्