कैलालीसहित विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ

माघ २६- कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखरतालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्रामसहित सोही नगरपालिका-७ बस्ने २९ वर्षीय रामकृष्ण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बारा, परवानीपुर गाउँपालिका-४ चैनपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब ८ किलोसहित पर्सा बहुदरमाई नगरपालिका-२ बैरिया टोल बस्ने २७ वर्षीय अरूण मिया अंसारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले भे.१ ज १२०४ नम्बरको हाईस गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 कपिलवस्तु, वाणगंगा नगरपालिका-११ देउपारस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय १० मिलिग्रामसहित रूपन्देही बुटवल उपमहानगरपालिका-१२ बस्ने २२ वर्षीय तिलक थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले लु.४१ प ९७६८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक थापालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, कटहरी गाउँपालिका-६ बस्ने कपिलदेव सहनीलाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा कटहरी गाउँपालिका-४ बस्ने ३३ वर्षीय सोहन सहनीको संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनको घर तलासी गर्दा अवैध लागूऔषध गाँजा १ किलो फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्