टीकापुरबाट लागूऔषधसहित एक युवक पक्राउ

माघ २६- टीकापुर, कैलालीको टीकापुरबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

टीकापुर नगरपालिका-९ स्थित खक्रौला सडक खण्डबाट नेटराभेट १० लेखेको अबैध लागूऔषध १४ ट्याबलेटसहित टीकापुर नगरपालिका-८ बस्ने ३० वर्षीय अजय साँउद बिहीवार साँझ पक्राउ परेका हुन्। ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले साँउदको साथबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्