गायिका रेणुका भट्टराई थाइल्याण्डमा सम्मानित, मलेसियामा अवार्ड प्राप्त

माघ २६- काठमाडौं,  थाइल्याण्डमा भएको विविध साँस्कृतिक कार्यक्रम तथा लोक साँस्कृतिक कला सम्मान २०८० मा गायिका रेणुका भट्टराई सम्मानित भएकि छिन । राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजनामा फेव्रुअरी २ मा भएको कार्यक्रममा उनको गायन,लगाव र प्रतिभाको मुल्याङ्कन गर्दै सम्मान गरेको हो ।

यसैगरी गायिका भट्टराई प्रियसी म्युजिकद्धारा आयोजित मलेसियामा सम्पन्न तेस्रो सिल्भर म्युजिक अवार्ड २०२४ मा उत्कृष्ठ प्रत्यक्ष लाइभ दोहोरी विधावाट अवार्ड प्राप्त गर्न सफल भएकि छिन । गत फेव्रुअरी ४ मा भएको अवार्ड कार्यक्रममा आफुले अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गरेकि छिन । थाइल्याण्डको सम्मान र मलेसियामा प्राप्त अवार्डले गीतसंगितको क्षेत्रमा अघि वढ्न अझ प्रेरित गरेको गायिका भट्टराईले वताइन ।

उनले २०२३ डिसेम्बर १७ मा दुवईमा सम्पन्न पाँचौ ज्योती फिल्मस म्युजिक अवार्ड २०८० मा उत्कृष्ठ लोकदोहोरी गायिकाको अवार्ड समेत हात पारिसकेकि छिन ।

अहिले पछिल्लो क्रममा प्रत्यक्ष गायनमा चर्चा वटुलेकि गायिका भट्टराईको म त गाउँले ठिटो, वत्ति पिली पिली, कुरकुरे बैंश लगायतका गीतहरु लोकप्रिय छन ।

प्रतिक्रिया दिनुहोस्