निर्देशक निरेन श्रेष्ठ थाइल्याण्डमा सम्मानित र मलेसियामा अवार्ड प्राप्त

माघ २६- काठमाडौं,  भिडियो निर्देशक निरेन श्रेष्ठले थाइल्याण्डमा सम्मान र मलेसियामा अवार्ड प्राप्त गरेका छन । राष्ट्रिय लोक साँस्कृतिक संघको आयोजनामा फेव्रुअरी २ अर्थात गत माघ १९ गते थाइल्याण्डमा भएको विविध साँस्कृतिक कार्यक्रम तथा लोक साँस्कृतिक कला सम्मान २०८० मा सम्मानित भएका हुन । उनको भिडियो निर्देशनमा सक्रियता, लामो अनुभव र कार्य कुशलताका कारण सम्मान प्राप्त गरेका हुन ।

यसैगरी सयौं गीतका अहिलेका सफल र व्यस्त म्युजिक भिडियो निर्देशक श्रेष्ठले प्रियसी म्युजिकद्धारा आयोजित मलेसियामा सम्पन्न तेस्रो सिल्भर म्युजिक अवार्ड २०२४ मा सर्वोत्कृष्ठ म्युजिक भिडियो निर्देशकको अवार्ड प्राप्त गर्न सफल भएका छन । गत फेव्रुअरी ४ अर्थात माघ २१ गते उक्त अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

निर्देशक श्रेष्ठ सँगै साँस्कृतिक कला सम्मानमा गायिका सविता परियार, रेणुका भट्टराई, कामना वली, आरती खडका, गायक सि.डि विजय अधिकारी, मोडल शरद एल.जी लगायत अन्य थुप्रै कलाकारहरु सम्मानित भएका थिए ।

नेपालवाट अन्य कलाकारहरुको पनी सहभागिता रहेको कार्यक्रम थाइल्याण्ड, सिङगापुर र मलेसियामा भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्