अछाममा आगलागी हुँदा दुई बालबालिकको मृत्यु

माघ २५-अछाम, अछाममा आगलागी हुँदा दुई बालबालिकको मृत्यु भएको छ ।

मेल्लेख गाउँपालिका–३ ठाँटी दर्बा को गैरामा साँझ आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार घर नजिकै बालेको आगो गोठमा सल्किँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अंकित बुढाको मृत्यु भएको हो । आगो स्थानीय र सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन ।

क्षतिको पूर्ण विवरण संकलन गर्नै बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्