सुखडमा मोटरसाईकल दुर्घटना, चार जना घाइते

माघ २५- कैलाली,  कैलालीको सुखडमा दुई मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ।

घोडाघोडी नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जादै गरेकोे घोडाघोडी नगरपालिका-१ का २९ वर्षीय प्रकाश बिनाडीले चलाएको से७प ४२१९ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको घोडाघोडी नगरपालिका-१० का ३१ वर्षीय दिपेन्द्र कठायतले चलाएको प्रदेश ०३०२०–१२ प ५६३६ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइते हुनेमा दुबै मोटरसाइकल चालक र प्रकाशको पछाडी सवार ४० वर्षीया राधिका पाण्डे घाइते भएकी छिन्। यस्तै दिपेन्द्रको पछाडी सवार २८ वर्षीय असोक सुनार घाइते भएका छन्। घाइते चारै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्