गाँजासहित कञ्चनपुरबाट एक किशोर पक्राउ

माघ २३- कञ्चनपुर, कञ्चनपुरमा गाँजासहित एक किशोर पक्राउ परेका छन्।

 

बेदकोट नगरपालिका-५ धरमपुरबाट ४.१८ ग्राम लागूऔषध गाँजासहित सोही ठाँउ बस्ने १९वर्षीय किशोर चेतन बोहरा सोमवार राति पक्राउ परेका हुन्। प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बोहराको साथबाट गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्