अन टेस्ट मोटरसाइकलबाट गाँजा बरामद

माघ २१- वीरगञ्ज,  प्रहरीले बारामा अन टेस्ट मोटरसाइकलबाट गाँजा बरामद गरेको छ। सुवर्ण गाउँपालिका-२ कवही गोठस्थित नहर चोकमा प्रहरीले चेकजाँच गर्ने क्रममा गाँजा बरामद ‍गरिएकाे हाे।

माेटरसाइकल ओरैयाबाट सतगन्ज नाकातर्फ आइरहेको थियाे। माेटरसाइकललाई राेकेर हेरेने क्रममा सवारी चालक झाेला फालेर फरार भएका थिए।

उक्त झोलाबाट १० केजी गाँजा बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

बरामद गाँजासहित मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्