निःशुल्क पार्किङ बन्द हुदैन: बालेन साह

माघ २१- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले धरहरा क्षेत्रमा हालै सञ्चालनमा ल्याइएको निःशुल्क पार्किङ बन्द गर्न पत्र आएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

उनले उदघाटन गरेको २ वर्ष ९ महिनापछि पनि धरहराको निर्माण पुरा नभएको भन्दै सामाजिक सञ्जालमा उनले अहिले आएर पार्किङ बन्द गर्नु गर्न भनेर पत्र लेख्नुलाई निर्लज्ज कार्य भनेका बताएका हुन ।

शहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । प्रमुख शाक्यले उनले निःशुल्क पार्किङलाई बन्द नगर्ने बरु थप व्यवस्थित गर्दै लगिने उल्लेख गरेका छन । पार्किङलाई ठेक्कामा लिएर रजाइँ गर्ने मनसाय पनि देखिएको शंका गर्दै उनले महानगरले निजी स्वार्थका लागि प्रयोग हुन नदिने चेतावनी समेत दिएका छन् ।

बालेनले उदघाटन गरेको २ वर्षभन्दा बढी समय भइसक्दा पनि पत्र लेख्नुको औचित्य के हो भनी प्रश्नसमेत गरेका छन । उनले तोकिएको समयमा निर्माण नहुने अनि हतारमा निर्माण भइ उद्घाटन हुने प्रवृत्तिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन पनि अनुरोध गरेका छन् । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि केही दिनअघि मात्रै धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको थियो ।।

 

प्रतिक्रिया दिनुहोस्