देशका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ७ जना पक्राउ

माघ २१- बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित कन्चनपुर महेन्द्रनगर नगरपालिका-३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले क.प्र.००२ प ३७६० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुर्खेत, भेरिगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ३३ मिलिग्रामसहित गुर्वाकोट नगरपालिका-१० बस्ने २५ वर्षीय यमराज गिरी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले बा.५ ख ७७०३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको   हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ किलो ७ सय २० ग्रामसहित प्युठान गौमुखी गाउँपालिका-३ बस्ने ३८ वर्षीया बासु घर्ती मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ चन्द्रमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय तपेन्द्र शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्