टिपर र बस ठोक्किँदा १७ जना घाइते

माघ १९ -पश्चिम नवलपरासी,  पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र  टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल – ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए ।

 

घाइतेमध्ये १३ जनाको देवदह मेडिकल कलेज भलुही, ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्