आज कांग्रेस संसदीय दलको बैठक बस्दै

माघ १९- काठमाडौं, नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेसले दिउँसो दुई बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बोलाएको हो ।

आगामी बस्ने संसदको बैठकमा कसरी प्रस्तुत हुने, संसदमा उठाउने विषय वस्तुलगायतमा छलफल गर्न बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।संसद बैठकलाई प्रभावकारी बनाउँदै पार्टीले उठाउने विषयका विषयमा निर्णय लिने बताइएको छ ।

संघीय संसदको बैठक माघ २२ गते बोलाएको छ । संसद बैठकअघि अन्य दलहरु पनि आन्तरिक छलफलमा जुटेका छन ।

प्रतिक्रिया दिनुहोस्