सुपर सिक्सको अन्तिम खेलमा आज नेपाल भारत भिडदै

माघ १९- आईसीसी अन्डर नाइन्टिन विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ ।

प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ । खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा सुरु हुनेछ । विश्वकपमा नेपालले भारतसँग यसअघि दुईपटक खेलेको छ । तर ती दुवै खेलमा नेपालले जित निकाल्न सकेको थिएन । सन् २००० मा नेपाली टोलीलाई भारतले ८ विकेटले हराएको थियो भने सन् २०१६ को विश्वकपमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।

२०१७ अन्डर नाइन्टिन एसिया कपमा भने नेपालले भारतलाई १९ रनले पराजित गरेको थियो । उपाधि दोबेदार भारतको सेमिफाइनमा स्थान पक्का भइसकेको छैन । नेपाललाई पराजित गरे भारत उपाधिनजिक पुग्नेछ । दुई महिनाअघि भएको एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।।

 

प्रतिक्रिया दिनुहोस्