पेट्रोलियम पदार्थको मूल्य बढ्यो

माघ १८- काठमाडौं,  आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ।

नेपाल आयल निगमको सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको हो।

डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ।

खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्