गायक विक्रम जंग शाह शिल्पा पोख्रेललाई तन्कि तन्कि हेर्दै

माघ १६- लोकप्रिय गायक विक्रम जंग शाहको स्वरमा नयाँ लोक दोहोरी गीत “हेर्छौ तन्कि तन्कि” सार्वजनिक भएसँग सँगै चर्चामा रहेको छ । विक्रम जंग शाह र प्रतिमा अर्यालको स्वरमा रहेको गीतमा गायक स्वयं कै लय छ भने अमृत भारतीको शव्द रहेको छ ।

उद्धार म्युजिक नेपाल नामक युट्यूव च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा गायक शाह सँगै नायिका शिल्पा पोख्रेलको दमदार अभिनय रहेको छ । रामकुमार नेपालीको एरेन्जमा, मौसम हिमालीको निर्देशनमा रहेको गीत रमाइलो माया पीरतीको प्रसङ्ग ,वैंश जोवनका कुराहरु र लुकी लुकी तन्कि तन्कि हेरिएका प्रसङ्ग रहेको गायक शाहले वताए ।

 

शाहको यसभन्दा अघि खोला खाल्सी हे माया, माइला, लगायतका गीतहरु लोकप्रीय रहेका छन । गायक शाह राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय अध्यक्ष समेत हुन ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्