चीनले अविवाहितको विवाह गराइदिने लमीलाई ६ सयदेखि १ हजार युआन दिने

माघ १६- चीन,    लैङ्गिक असमानता बढ्दै जाँदा चीनका स्थानीय तहहरुले अविवाहितको विवाह गराउने नयाँ नयाँ जुक्ति निकाल्न थालेका छन् ।

चीनको शाङ्क्शी र गुआङडोङजस्ता प्रान्तका स्थानीय सरकारले ३० देखि ४५ वर्षका अविवाहितको विवाह गराइदिने लमीलाई ६ सयदेखि १ हजार युआन दिने प्रस्ताव गरेका हुन ।

स्थानीय तहले विवाह गराएबापत लमीहरुलाई प्रोत्साहनस्वरुप पैसा एवम् अन्य सुविधा दिनेजस्ता कार्यक्रम अघि सारेका हुन ।।

 

प्रतिक्रिया दिनुहोस्