माघ १६- काठमाडौं, सरकारी कागजात किर्ते गरी संगठित रूपमा भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा प्रहरीले २२ जनाविरुद्ध मुद्दा चलाउने रायसहितको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।
मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्ता हुने क्रममा रहेको छ । आरोपीमध्ये ९ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा एकै सिफ्टमा कार्यरत अध्यागमन अधिकृतहरू छन ।।
प्रतिक्रिया दिनुहोस्