भारतको एक घरमा आगलागी हुँदा एकै परिवारका पाँच जनाको मृत्यु

 माघ १५- भारत, भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गएको छ।

बरेलीको एउटा घरमा हिजो भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र उनीहरुका तीन जना छोराछोरीको ज्यान गएको हो।

घरमा बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने अुमान गरिएकाे बीबीसी हिन्दीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्