सहायक वन अधिकृत नेपालगञ्जबाट घुससहित पक्राउ

माघ १२- बाँके, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेस्थित सव डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई घुससहित पक्राउ गरेको छ । उनलाई अख्तियारले नेपालगञ्ज उपमहानगरपालिका- ११ बाट नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार पार्देलाई सेवाग्राहीसँग ७ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार नियन्त्रणमा लिइएको हो । उनको साथमा स्रोत नखुलेको ४५ हजार ९७५ रुपैयाँ पनि भेटिएको घिमिरेले जानकारी दिएका छन् ।

पार्देले काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरीको आधारमा अख्तियारको टोली खटिएको प्रवक्ता घिमिरेले जानकारी दिएका छन् । यसबारेमा थप अनुसन्धान भइरहेको घिमिरेले जानकारी दिएका छन्

प्रतिक्रिया दिनुहोस्