माघ ११ – चीन, चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ ।
आगलागीमा परेर ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको छ । अझै केही मानिस आगलागीमा फसेका आशंकामा खोजी जारी राखिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले विज्ञप्ति निकालेर देशमा पहिरो, आगलागीलगायतका आकस्मिक दुर्घटना बढिरहेकाले यसको नियन्त्रणका लागि डटेर लड्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन ।
बारम्बार भइरहेका यस्ता दुर्घटनाहरूलाई रोकथाम गर्न आवश्यक रहेकोउनले बताएका छन । यसअघि युनान प्रान्तमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ३१ जना पुगेको छ ।।
प्रतिक्रिया दिनुहोस्