माओवादीका पूर्व ब्रिगेड कमान्डर पुन पक्राउ

माघ ११- माओवादीका पूर्व ब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टी नेसपाका केन्द्रीय सदस्य जितमान पुन पक्राउ परेका छन् ।

रुकुम पूर्वको भुमे गाउँपालिका–१ घर भएका पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा थियो । नेसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ‘जनयुद्धकालीन मुद्दा’मा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ती जनाएका छन ।।

 

प्रतिक्रिया दिनुहोस्