भिजिट भिजामा विदेश भ्रमण जान आजबाट कडाई

माघ १०- काठमाडौं, आजदेखि भिजिट र पर्यटक भिसामा विदेश जानेहरुका लागि सरकारले नयाँ नीयम लागु गरेको छ । भिजिट र पर्यटकीय भिसामा विदेश जानेलाई प्रस्थान अनुमति दिने प्रक्रियालाई सरल बनाएको सरकारको भनाई  छ।

यसअघि २०७८ फागुन २५ गते जारी भएको नेपाल सरकार गृह सचिवस्तरको निर्णय खारेज गर्दै गृह मन्त्रालयले नयाँ ६ बुँदे कार्यविधि जारी गरेको हो ।

यस्तो छ भिजिट भिसामा भ्रमण अनुमति सम्बन्धि कार्यविधि

१, ६ महिनाको वैध अवधि भए‌को राहदानी ।

२, गन्तव्य देशको प्रवेषाज्ञा भिसा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।

३, दुईतर्फी हवाई टिकट ।

४, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।

५, भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण नगद वा डेविट र क्रेडिट कार्ड।

६, संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्ने छ । स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार बर्डेन अफ प्रुफ सम्बन्धित व्यक्तिमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्