बँदेलको आक्रमणबाट २ जना घाइते

माघ ८-बैतडी, बैतडीमा बँदेलको अक्रमणबाट २ जना घाइते भएका छन्।

जिल्लाको मेलौली नगरपालिका–२ सलेनाका अन्दाजी ३२ वर्षीय ओमप्रकाश जोशी र सोही वडाका ९ वर्षीया करिस्मा दयाल बँदेलको अक्रमणबाट घाइते भएका हुन्। आइतवार दिउंसो घरमै बसीरहेका जोशीलाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो। यस्तै करिस्मालाई पनि आइतवार साँझ घर नजिकै घाइते बनाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्