पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

माघ ८- पाल्पा,  पाल्पाको रम्भा गाउँपालिका-१ भुमरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको थियो ।

 

मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जी.टी. रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता श्रीराम भट्टले जानकारी दिए ।

मोटरसाइकल कालीगण्डकी नदी किनारमा खसेको छ ।
मोटरसाइकल चालक जी.टी.को दुर्घटनास्थलमै मृत्यु भएको थियो । उनको शवलाई रामपुर अस्पताल पाल्पा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्