माघ ७- दाङ, दाङको तुलसीपुरमा एक व्यक्तिले फलामको रड प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका– ४ का ४३ बर्षीय पेण्डुवा चौधरीले घरायसी विवादका क्रममा ४२ वर्षीया पत्नी लक्ष्मी चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।
मदिराले मातेको झोँकमा चौधरीले गएराति पत्नीलाई रडले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । चौधरीलाई प्रहरीले प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्