देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

माघ ६- रूपन्देही, शुद्धोधन गाउँपालिका-१ सिसै चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय आकाश पटवारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ४२ मिलिग्रामसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-६ बस्ने २९ वर्षीय नारायण प्रसाद चम्लागाई र सोही ठाउँ बस्ने २९ वर्षीय दल बहादुर राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.३ प १५९४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-१ झरनासागर टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पिलिभित टाटरगञ्ज बस्ने २८ वर्षीय ईरफान अली र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले युके ०६ एएल २१२० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागूऔषध डाइजेपाम ७ एम्पुल, फेनारगन १७ एम्पुल र नुर्फिन ४ एम्पुलसहित भारत विहार पश्चिम चम्पारन छोटीपट्टी गाउँ-८ बस्ने ३० वर्षीय मनोज चौधरी समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको पिबि १० सि ००१०९ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-१४ बेरीयाघाटबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोही नगरपालिका-१४ रमपुरटोल बस्ने ४० वर्षीय शिवराम मुखियालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपलिका-४ स्थित बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-४ डेरा गरी बस्ने २५ वर्षीय शुसान्त शाही समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्