रुखबाट लडेर ५९ बर्षीय राईको मृत्यु

माघ ६- झापा, झापामा रुखबाट लडेर एक ब्यक्तिको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका-११, दुधे बस्ने  ५९ बर्षीय गंगाराम राईको रुखबाट लडेर शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

स्थानीय एक सामुदायिक बनमा दाउरा काट्न रुख चढेका उनी अचानक लडेका थिए। घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्