होटल संचालिकासहित भारतिय नागरिक र नेपाली युवती पक्राउ

माघ ४- कञ्चनपुर, कञ्चनपुरको बेलौरीबाट होटल संचालिकासहित ३ जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका–६ स्थित गुगल रेस्टुरेन्टबाट भारतिय नागरिक र नेपाली युवतीलाइ प्रहरीले मङ्गलवार साँझ अनैतिक अवस्थामा देखेओपछी संचालिकासहित ३ जनालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलिले सोही ठाउँ बस्ने रेस्टुरेन्ट संचालिका, धरान उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय युवती र भारतको पुरनपुर बस्ने रथिक अन्सारीलाई पक्राउ गरेको हो। अनैतिक अवस्था दुई जनालाई फेला पारेपछि संचालिकासहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।  उनीहरुमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरिप्रसाद बजगाइले बताए।

प्रतिक्रिया दिनुहोस्