थाइल्याण्डमा पटाका कारखानामा विष्फोट, २३ जनाको मृत्यु

माघ ४- थाइल्याण्ड,  थाइल्याण्डको पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । राजधानी बैंककबाट ६० माइल उत्तर पश्चिममा रहेको कारखानामा विस्फोटहुँदा अन्य केही घाइते भएका छन् ।

विस्फोटको कारण अझै खुलेको छैन । विस्फोटको कारणबारे अनुसन्धान भइरहेको स्काइ न्यूजले जनाएको छ । विष्फोटका कारण नजिकका अन्य संरचना क्षति नभएको प्रहरीले जनाएको छ ।

सरकारले कारखानाको बैधताबारे अनुसन्धान गर्न निर्देशन दिएको छ । थाइल्याण्डमा पटका र अन्य आतिशबाजी उत्पादन गर्ने कारखानामा विष्फोटका घटनाहरु पछिल्लो समय समान्य हुन थालेका छन् ।

गत वर्ष सुङ्गई कोलोक सहरमा एउटा आतशबाजीको गोदाममा विस्फोटहुँदा १० जनाको मृत्यु भएको थियो । गत वर्ष नै उत्तरी सहर चियाङ माईमा पटका कारखानामा विस्फोट हुँदा ११ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्