टेनाड ५ हजार ६ सय ट्याब्लेट प्रतिबन्धित औषधीहरूसहित पक्राउ

माघ २- ललितपुर, महालक्ष्मी नगरपालिका-३ महर्जन चोक बस्ने सर्लाही घर भएका २७ वर्षीय दिपेश जैसवाललाई प्रतिबन्धित औषधीहरू टेनाड ५ हजार ६ सय ट्याब्लेट, स्पासरेष्ट १ हजार ३ सय ट्याब्लेट, स्पास्मो ४ सय ट्याब्लेट, पीजीएबी ७५ एमजीको ६ सय ट्याब्लेट, पीजीएबी १०० एमजीको ७ सय ट्याब्लेट र स्पास्पेन ६ सय ५० ट्याब्लेटसहित  सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त प्रतिबन्धित औषधीहरूसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्