१३ वर्षीया बालिकालाई बलात्कार गर्ने एक जना पक्राउ

माघ १- महोत्तरी,  महोत्तरीको गौशालामा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जना स्थानीयालाई पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गौशाला नगरपालिका-१२ का ४५ वर्षीय उपेन्द्रसिंह कुशवाहालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

 

मामावली घरमा बस्दै आएकी बालिकालाई पुस २१ गते राति करिब साढे ८ बजे सुतिरहेको अवस्थामा ललाइफकाइ गरेर सामूहिक बलात्कार गरेको आरोपमा उपेन्द्र सिंह कुशवाहालाई पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले बताए ।

प्रलोभनमा पारी सामूहिक करणी गरेको भनी पीडितको परिवारले आइतबार साँझ इलाका प्रहरी कार्यालय गौशालामा जाहेरी दिएपछि जाहेरी दरखास्तमा उल्लेखित विपक्षीहरुलाई खोजतलासको क्रममा उपेन्द्र सिंह कुशवाहालाई पक्राउ गरिएको जनाएको छ ।

फरार रहेको प्रतिवादीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । सुतिरहेकी बालिकालाई बलात्कार गरेको दृश्य मोबाइलमा कैद भएको भिडियोसहित पीडित परिवारले जाहेरी दिएको प्रहरी निरीक्षक यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्