घुर ताप्ने क्रममा एक महिलाकाे जलेर मृत्यु

पुष २९- सप्तरी, सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएकाे छ ।

सप्तरीको तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजाे जलेर ज्यान गएकाे हाे ।

लुगामा आगाे सल्किएपछि घाइते भएकी उहाँकाे राजविराजमा रहेकाे गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्