बैतडीमा एक पुरुष मृत फेला

पुष २९- बैतडी, बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको सुर्नया गाउँपालिकाको वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा प्रेम सिंह धामी मृत फेला परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय धामी शनिवार दिउँसो मृत फेला परेका हुन्। उनी सिदुर खोलाको बिचमा फेला परेका प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्