बिद्युत प्राधिकरणको आग्रह, बक्यौता महसुल किस्तामा बुझाउन निवेदन दिनुस

पुष २४- काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले विद्युत प्रयोग गरे वापतको बक्यौता महसुलको किस्ताबन्दीको सुविधाका लागि निवेदन दिन आग्रह गरेको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै  सञ्चालक समितिको पुस १६ गतेको निर्णयअनुसार प्राधिकरणका विभिन्न संरचनाहरूमा सेवा प्राप्त गरेका उपभोक्ता लागि एकपटक बढीमा ६० महिनासम्मको किस्ताबन्दी बुझाउन पाउने व्यवस्था गरेको जनाएको छ ।

प्राधिकरणले सो सुविधाका लागि ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी निवेदन दिन भनेको छ ।

पुस १६ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका भनिएका उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत खपतको महशुल बढीमा ६० कस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्