२७ ओटा मोबाइल चोर्ने एक जना पक्राउ

पुष २३-काठमाडौं, काठमाडौंको पेप्सिकोलाबाट २७ थान मोबाइल चोरी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालले सप्तरीका ३२ वर्षीय रामानन्द मण्डललाई पक्राउ गरेको हो।

उनीसँग रहेको १४ थान मोबाइल प्रहरीले बरामद गरेको थियो। बाँकी मोबाइल भने उनले बिक्री गरेको अनुसन्धानबाट खुलेको छ। गत पुस १४ गते पेप्सिकोलास्थित एक्टिम मोबाइल पसलको छाना फोडेर विभिन्न कम्पनीका २७ थान मोबाइल चोरेका थिए। उनले साढे ५ लाख बराबरको मोबाइल चोरी गरेका थिए

प्रतिक्रिया दिनुहोस्