टीकापुर, बनगाउँबाट लागूऔषधसहित २ जना पक्राउ

पुष २१-  कैलाली, टीकापुर नगरपालिका-१ दक्षिणपुरुवा बनगाउँ जाने सडक खण्डबाट १५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोहि ठाउँका २३ वर्षीय शिशिर साउद र २४ वर्षीय शिद्ध बुढा शुक्रवार साँझ पक्राउ परेका हुन्।

 

इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्