५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पुष १९- झापा, ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-४ बस्ने ३७ वर्षीय सुमन लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती महिलालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मोरङ, १० वर्षीया बालिकाकाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणी चोक बस्ने ५५ वर्षीय पदम मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पदमले ती बालिकालाई मंगलबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्