चन्द्रागिरीसहित देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ

पुष १९- काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५० ट्याब्लेटसहित बारा जितपुरसिमरा उपमहानगरपालिका-१ बस्ने ३४ वर्षीय जयराम दहाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङगा समेतबाट खटिएको प्रहरीले बारा कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १८०३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार दहाललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलाली, जानकी गाउँपालिका-८ बेबस्थित नगर जाने सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित लम्की चुहा नगरपालिका-१ भुरूवा बस्ने २० वर्षीय समिर चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, कोहलपुर नगरपालिका-१५ चौधरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय राम कुमार थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, खजुरा गाउँपालिका-६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिनोद शाहीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्