पोखराबाट ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

पुष १९- कास्की, ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-६ बैदाम बस्ने ४० वर्षीय मिलन पहारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसअघि सोही ठगीमा संलग्न वडा सदस्य सहित ४ जनालाई प्रहरीले पक्राउ गरी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरेको थियो । सोही अनुसन्धानको क्रममा पक्राउ परेका मिलनलाई प्रहरीले अदालतमा पेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्