रुखबाट लडेर वृद्धको मृत्यु

पुस १९- तनहुँ,   रुखबाट लडेर बुधवार दिउँसो घाइते भएका तनहुँको एक वृद्धको मृत्यु भएको छ । भिमाद नगरपालिका–५ मिर्छुलुङ आम डाँडामा बस्ने वर्ष ६५ वर्षीय मन हर्ष रानाको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडी घाइते रानाको मृत्यु भएको उहाँले बताउनुभयो । तत्काल उपचारको लागि भीमाद बजार स्थित स्वास्थ्य चौकी ल्याइ उपचार गराउने क्रममा रानाको मृत्यु भएको प्रनाउ खाँड जानकारी दिनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

-गोरखापत्र

प्रतिक्रिया दिनुहोस्