पेट्रोल न पाए पछि घोडाबाटै फुड डेलिभर

पुष १९- भारतमा ट्रक चालकहरूले हिट(एन्ड(रन दुर्घटनाहरूमा नयाँ कानूनको विरुद्ध हड्ताल गर्दा लामो पेट्रल पम्पमा लामो लाइनहरू देलागेको थियोृ, यसैबीच, फुड डेलिभर गर्नेहरू सबैभन्दा बढी समस्याको सामना गरिरहेका छन्। उनीहरूको काम छोटो समयमा वा तोकिएको समयमा अर्डर डेलिभर गर्नु हो। अहिले भने इन्धनका कारण धेरै समस्या भोगिरहेका छन्

 

यसबीचमा मानिसहरुले विभिन्न किसिमका युक्ति पनि गरिरहेका छन् । यस्तै अनौठो जुगाड मंगलबार हैदराबादमा जोमाटो को एक डेलिभरी ब्वाईले देखाएको छ, जसमा उनी अर्डर डेलिभर गर्न घोडा चढेको देखिएका छन्।

 

समाचार एजेन्सी आईएएनएसका अनुसार जोमाटोको झोला लगाएको डेलिभरी ब्वाई पुरानो सहरको चञ्चलगुडा क्षेत्रको इम्पेरियल होटल नजिकको सडकमा घोडा चढेको देखियो। घोडामा चढेर अर्डर दिइरहेको एक युवकको भिडियो सामाजिक सञ्जालमा निकै शेयर भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्