पुष १८-दाङ, दाङमा ट्याक्टर दुर्घटना भएको छ। गढवा गाउँपालिका वडा नम्बर ४ पर्सा गाउँका स्थानीय सवार ट्याक्टर गढवा–कोइलावास सडक खण्डमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
बिहेको पात टिपेर फर्किने क्रममा गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटनामा परेको प्रहरी निरीक्षक नवीन वलीले जानकारी दिइन्। ट्याक्टरमा सवार २९ जना घाइते छन्।
घटनास्थलबाट सबै घाइतेलाई उपचारका लागि लमही पठाइएको छ। लु २ त ५१६५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। घटनाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्